इलाम : एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले आफ्नो सहमतिबिना इए स्पोर्टसले तस्बिर प्रयोग गरेको भन्दै आलोचना गरेका छन्।
आफ्नो अफिसियल फेसबुक पेज र ट्विटरमा पोस्ट गर्दै ३९ वर्षीय इब्राहिमोभिचले निर्माताहरुले नयाँ फिफा २१ भिडियो गेममा आफ्नो तस्बिरबाट फाइदा लिइरहेकाले अनुसन्धान गर्न माग राखेका छन्।
‘फिफा ईए स्पोर्टसलाई मेरो नाम र अनुहार प्रयोग गर्न अनुमति कसले दियो ? मलाई फिफा प्रोको सदस्य भएको बारे केही पनि जानकारी छैन। यदि म हुँ भने मलाई त्यहाँ वास्तविक ज्ञानबिना नै राखिएको छ,’ इब्राहिमोभिचले लेखेका छन्– ‘निश्चित रुपमा मैले फिफा वा फिफा प्रोलाई पैसाका लागि प्रयोग गर्न अनुमति दिएको छैन।’
उनले फिफालाई समेत मेनसन गरेका छन्। आइतबार स्विडेनी स्ट्राइकरले नापोली विरुद्धको खेलमा गोल २ गोल गरेका थिए। तर ह्रयामिस्ट्रिंगको चोटका कारण केही समय उनी मैदानबाहिर हुनेछन्। सोमबार उनले कम्तीमा ३ साताको लागि मैदान बाहिर रहने जनाए। चोटका कारण यसै हप्ता हुने युरोपा लिग र सिरिएका केही खेल गुमाउनेछन्। जारी सिजनमा इब्राहिमोभिचले १० खेलमा ११ गोल गरेका छन्।
ईए स्पोर्टसले आफ्नो तस्बिरबाट नाफाको बारेमा गुनासो गर्ने इब्राहिमोभिच एक मात्र खेलाडी हैनन्। बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले फिफा २० मा आफ्नो रेटिङबारे गुनासो गरेका थिए। युभेन्टसका जर्मनी मिडफिल्डर सामी खडिराले समेत कम्पनीमाथि असन्तुष्टि व्यक्त गरे। उनले भिडियो खेलमा कपाल काट्न आदेश दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।