|

पर्वत : गण्डकी प्रदेशमा मंगलबार थप एक सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या ११ हजार तीन सय १४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्धारा जारी गरिएका तीन फरक विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

निर्देशनालयको पहिलो विज्ञप्तिअनुसार गोरखाको सिरानचोक गाउँपालिकाका एक जनामा, गोरखा नगरपालिकामा १६ जनामा, कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका ५५ जनामा, लमजुङको राइनास गाउँपालिकाका एक जनामा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाका पाँच जनामा, स्याङ्जाको पुतलीबजार नगरपालिकाका दुई जनामा र तनहुँको शुक्लागण्डकी नगरपालिका तथा घिरिङ गाउँपालिकाका ११ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै दोस्रो विज्ञप्तिमा तीन जिल्लाका २१ जनामा सङ्क्रमणको पुष्टि भएको छ। थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका १८ जनामा, लमजुङको मध्यनेपाल नगरपालिकाका एक जनामा र स्याङ्जाको वालिङ नगरपालिकाका दुई जनामा सङ्क्रमणको पुष्टि गरिएको छ।

निर्देशनालयको तेस्रो विज्ञप्तिअनुसार कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडामा गरेर नौ जना, लमजुङको बेशीसहर नगरपालिकामा एक जना तथा स्याङ्जाको फेदीखोला गाउँपालिकामा एक जना र वालिङ नगरपालिकामा एक जना गरी दुई जना थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.