|

जुम्ला : सिद्धि विनायक सामुदायिक वनमा आगलागी भएको छ।  चन्दननाथ नगरपालिका–४ मालाभिडस्थित सामुदायिक वनमा मंगलबार दिउँसो १२ बजे आगलागी भएको हो।

आगलागीबट डेढ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। स्याउला सोत्तर ल्याउन वनमा गएका महिलाहरुका लापरबाहीले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा वन कार्यालयका खटिएका सिद्धि विनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिम्खाडाले बताए। उनका अनुसार वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रुख जलेर नष्ट भएका छन्। समयमै पुगेको नेपाली सेना, प्रहरी तथा स्थानीयको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको सचिव सिम्खाडाले बताए। 

वनको डेढ हेक्टर क्षेत्रमा आगलागी हुँदा करिब १५ सय देखि २ हजार सम्म साना विरुवा तथा ठुला रुखलाई असर परेको छ। साना विरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयले बताएका छन्। चाँडै वृक्षरोपणको कार्यक्रम गरिदिनसमेत उनीहरुले सम्बन्धित निकायसँग माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.