|

बाग्लुङ : दोहोरो नागरिकता बनाएको आरोपमा बागलुङ नगरपालिका–६ का पंकज सापकोटालाई पक्राउ गरेको छ। प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो।

सापकोटाले आफ्नो अभिभावकको नामबाट नागरिकता लिइसकेपछि बाग्लुङ–४ का अर्कै आमाबाबु खडा गरेर पनि नागरिकता लिएको आरोप छ।

उनले दोहोरो नागरिकता लिएको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। उनको नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्ष ध्रुबबहादुर केसीले भने कागजात पुगेकोले सिफारिस गरेको प्रष्टीकरण दिएका छन्।

‘हामी आउनुअघि नै जन्मदर्ता बनाएको रहेछ, सोही कागजातको आधारमा सिफारिस गर्न आएकाले गरेको थिएँ,’ केसीले भने, ‘मलाई फसाउन खोजिएको हो।’ गलत काम गर्नेलाई भने कारवाही हुनुपर्ने उनले बताए। अदालतले जो जसलाई दोषी देखाउँछ सोहीअनुसारको कारवाही हुने श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.