|

भद्रपुर (झापा) : भद्रपुर नगरपालिका–६ की २५ वर्षीया श्वेता श्रेष्ठ मेची–महाकाली एकल साइकल यात्रामा निस्किएका छिन्।
 

‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस, लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति , समाज र सबैको ऐक्यबद्धतासहित लैङ्गिक हिंसा हटाउन एकजुट हौ, कोभिड १९ को अवस्थामा सजगता अपनाऔँ’ भन्ने नारा लिएर उनी एकल साइकल यात्रामा निस्किएकी हुन्। 

बुधबार बिहान साढे ७ बजे साइकलयात्री श्रेष्ठलाई भद्रपुरस्थित मेची पुलबाट बिदाइ गरिएको छ। साइकलयात्री श्रेष्ठलाई भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको उपस्थितमा सफल साइकल यात्राको शुभकामना दिँदै भव्य रुपमा बिदाइ गरेका थिए।
 
उनले २२ दिनमा यात्रा पूरा गर्ने बताएकी छिन्। देश र समाजका लागि महिलाले पनि केही गर्न सक्छिन् भन्दै उनले भनिन्, ‘साइकल यात्राको मुख्य सन्देश नै समाज देखिएका लैङ्गिक हिंसा हटाउन हामी एकजुट हुनुपर्छ र कोभिड महामारीबाट बच्न सबैले स्वास्थ्य मापदण्ड अपनाएर सजगता अपनाउनु पर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.