|

सर्लाही : सर्लाहीका तरकारी बजारमा बिचौलिया सक्रिय हुँदा उपभोक्ताहरु महँगीको मार खेप्न बाध्य भएका छन्। किसानले आफ्नो खेतबारीमा फलाएको तरकारी थोक बजारमा ल्याएर बेचेको तुलनामा उपभोक्तासम्म पुग्दा झण्डै दोब्बर बढी मूल्य पर्ने गरेको पाइएको छ। किसानले खासै मूल्य नपाउने, बीचमा बिचौलिया सक्रिय भएर अत्यधिक नाफा राख्ने र उपभोक्तासम्म पुग्दा महँगो मुल्य पर्ने समस्या तरकारी बजारमा देखिएको हो।

सर्लाहीका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको धेरैजसो तरकारी पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीमा बजारमा बिक्री हुने गरेको छ। किसानले परिमाणमा उत्पादन गर्ने तरकारी नवलपुर, हरिवन, बयलवास, बरहथवा, मलङ्गवा र अन्य गाउँघरमा भित्री हाटबजारमा पनि बिक्री गर्दै आएका छन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी, हरिवन,बरहथवा लगायतका बजारमा अहिले हरेक तरकारी महँगो छ। लालबन्दी खुद्रा बजारमा प्याज र परबल सबै भन्दा बढी १२० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

यसैगरी गोलभेँडा, कोभी, बन्दा कोभी र नयाँ आलु समान प्रतिकिलो एक सय रुपियाँ, पुरानो आलु ८० रुपियाँ, बोडी ६० देखि ८० रुपियाँ, घिरौला ६० रुपियाँ, स्कुस ५० रुपियाँ र मुला प्रतिकिलो ३० रुपियाँमा बिक्री भइरहेको खुद्रा व्यापारीले बताएका छन्।

यसरी प्याज लगायत अन्य तरकारीमा व्यापक कालोबजारी र बिचौलिया सलबलाएर ठगी गरिरहेका भएपनि कुनै पनि निकायले चासो देखाएका छैनन्। जस्ले गर्दा उपभोक्ता चर्को मूल्यमा तरकारी किनेर खान बाध्य भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.