|

काठमाडौं : ग्रेग बार्कले आइसीसीको नयाँ अध्यक्ष चुनिएका छन्। बार्कले न्युजिल्यान्ड क्रिकेट बोर्ड सम्हालेका थिए।

उनले २०१२ देखि हालसम्म प्रमुखको रूपमा काम गर्दै आएका थिए। २०१५ मा न्युजिल्यान्ड  र अस्ट्रेलियामा भएको एकदिवसिय विश्वकप आयोजक समितिको अध्यक्षको समेत कार्यभार समेत चलाएका थिए। बार्कले दोस्रो चरणमा कुल ११ भोट प्राप्त गर्दै इमरान ख्वाजालाइ पछि पारे। इमरान ख्वाजा जुलाईमा शशाँक मनोहरले आइसीसी अध्यक्षबाट राजिनामा गरेपछि अन्तरिम अध्यक्षका रूपमा रहेका थिए।

पहिलो चरणमा इलोकट्रोनिक ब्यालेट मार्फत भएको भोटमा १६ मा बार्करले १० तथा ख्वाजाले ६ भोट पाएका थिए।

अध्यक्षका लागि आवश्यक भोट नपुगेपछि दोस्रो चरणको चुनाव भएको थियो जहाँ पहिलो चरणको जस्तै सबै प्रक्रिया पुरा गरिएको थियो। दोस्रो चरणमा क्रिकेट साउथ अफ्रिकाले बार्कलेलाई महत्वपूर्ण भोट दिएपछि अध्यक्षमा उनि निर्वाचित भए।

आइसीसी अध्यक्षका लागि दुई तिहाइ आवश्यक

आइसीसीको नयाँ नियमअनुसार जित्ने उम्मेदवारले कुल १६ भोटको दुइ तिहाइ मत प्राप्त गर्नु पर्ने छ। अर्थात अध्यक्ष बन्नका लागि कम्तीमा पनि ११ मत आवश्यक पर्छ। बार्करले पहिलो चरणमा १० भोट पाएपछि दोस्रो चरणको चुनाव भएको थियो।

चुनावको नियम

आइसीसीको कुल १६ भोटमा १२ क्रिकेटका फुल सदस्य राष्ट्र (टेस्ट राष्ट्र) रहँदा एक स्वतन्त्र महिला सदस्य तथा २ एसोसिएटेड चेम्बरले भोट दिन पाउँछन्। जबकी एक भोट खुद ख्वाजाको रहेको थियो। किनकी उनि अहिलेका बोर्डका सदस्यका रुपमा  रहेका छन्। पहिलो चरणमा नतिजा ननिस्किए दोस्रो र दोस्रोमा ननिस्किए तेस्रो चरण सम्म मतदान गरिन्छ। तोस्रोमा पनि निर्णय नआएको खण्डमा भने अन्तरिम अध्यक्षलाई नै पुन अन्तरिम रुपमा नै काम गर्ने ब्यवस्था गरिन्थ्यो।

महामारीबाट जोगिन सबैको साथ

बार्कले आइसीसी अध्यक्ष बन्दा खुसी लागेको बताए। उनले भने 'मलाइ आइसीसी अध्यक्षको जिम्मेवारी पाउँदा खुसी लागेको छ। सबै बोर्डहरूसँग मिलेर काम गर्ने विश्वास लिएको छु। मलाइ आशा छ यो महामारीसँग जुध क्रिकेटलाई अघि लैजान सबैले सहयोग गर्नु हुने छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.