|

काठमाडौं : सरकारले कृषि तथा पशुपन्छी  विकास मन्त्रालयको सचिव पददमा डा. योगेन्द्रकुमार कार्कीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बालुवाटारमा आज बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो। 

उनी त्यही मन्त्रालयमा वरिष्ठ सहसचिवका रुपमा कार्यरत थिए।  यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए।

यसअघि डा.कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्व गरेका थिए। त्यसैगरी सरकारले सुरेश आचार्यलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा नियुक्त गरेको छ। अर्का सचिव गोकर्ण दवाडीको पनि पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.