|

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन्। 

उनी आज विहान १० बजेर ४० मिनेटमा काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जनाकारी दिए। उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमण आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार नेपाल र भारतबीच आजै परराष्ट्र सचिवस्तरमा वार्ता हुनेछ। नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो। 

श्रृंगलाको भ्रमणमा सीमा विवादका बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ। श्रृंगलाले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। 

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गर्नेछन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उहाँले आजै भारत सरकारका तर्फबाट नेपाललाई कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी भोलि स्वदेश फर्किने छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.