|

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो नेपाल भ्रमणले दुई देशकाे सम्बन्ध नयाँ उचाइमा पुग्ने  बताएका छन्। 

दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा यसअघि पनि नेपाल आएपनि यसपटक विदेश सचिवको रुपमा पहिलो पटक नेपाल आउन पाउदा खुशी लागेको  बताए। उनले  नेपाल भारतको मित्रतालाई कसरी अगाडी बढाउने भन्ने बारे छलफल केन्द्रित हुने उनले बताए।

उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग दुई देशबीचको छलफल हुने बताएका हुन्। 'भोलि नेपाल भारत मैत्री सम्बन्ध बारे भर्चुअल गफ हुनेछ',  उनले भने, 'म नेपालको गोरखा जिल्ला पुग्नेछु।'  जहाँ भारतले ५० हजार घर बनाउने योजना अन्तर्गत ४० हजार घर निर्माण भइसकेको र त्यसको निरीक्षण गर्ने कार्यक्रम छ। यसको अलवा भारतको योजना नेपालको शिक्षा क्षेत्रको विकास पनि रहेको उनले बताए।

नेपाल आउने आफ्नो चाहना कोभिड-१९ को महामारीका कारण केहि पछि धकेलिए पनि अन्तत: आफू नेपाल आइपुगेको उनले धारणा व्यक्त गरे।  नेपालमा आफू महत्वपूर्ण छलफल गर्ने उनले बताए। उक्त छलफलले नेपाल र भारतको सम्बन्ध थप मजबुत हुने  उनकाे विश्वास छ। 

नेपाल–भारत दुवै देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो। 

श्रृंगलाको भ्रमणमा सीमा विवादका बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ। श्रृंगलाले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। 

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गर्नेछन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो।

उहाँले आजै भारत सरकारका तर्फबाट नेपाललाई कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी भोलि स्वदेश फर्किने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.