|

काठमाडौं : गण्डकी प्रदेशमा थप दुई महिलाको मृत्यु भएको छ। कास्की, पोखरा महानगरपालिका १३ की ६६ वर्षीय महिला र लमजुङ, मध्य नेपाल नगरपालिका ७ की ८७ वर्षीय महिलाको मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पोखरा महानगरपालिकाकी महिलालाई ७ गते कोरोना पुष्टि भएको थियो। उनको मणिपाल शिक्षण अस्पतालमा गएराति साढे ९ बजे मृत्यु भएको हो। त्यसैगरी, लमजुङकी महिलालाई ९ गते कोरोना पुष्टि भएको थियो। कास्की सेवा अस्पतालमा उपचारको क्रममा आज बिहान साढे २ बजे मृत्यु भएको हो।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ सय ४४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.