|

हेटौंडा :  प्रहरीले हेटौंडामा ठूलो परिमाणको चरेस तथा गाजा सहित ३ जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका १७ रातोमाटेबाट बिआर २९ बि ७१४१ नम्बरको जीपमा राखेर निकासी गर्न लागेको एक सय ३२ किलो चरेस र ६२ किलो गाजासहित तीन जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए।

गाजा र चरेससहित दुईवटा भारतीय नम्बर प्लेटको गाडी समेत बरामद गरेको लामाले बताए। पक्राउ पर्नेमा भारत मोतिहारीका ३० वर्षका मेराज साह र २६ वर्षका मिथलेस सहनी रहेका छन्।

यसैगरी धादिङबाट भारत तर्फ निकासी गर्न लागिएको ६२ किलो गाजासहित अर्का एक जनालाई प्रहरीले रातोमाटेबाटै पक्राउ गरेको छ।

बिआर ०७ जी ५३४० नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा राखेर निकासी गर्न लागिएको गाजासहित भारत मोतिहारी सुगौली– १० का २८ वर्षका मनोजकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.