|

काठमाडौं : किरात राई लेखक संघले ‘साकेला खुला कविता प्रतियोगिता’ कार्यक्रम आयोजना गर्ने भएको छ।  किरात राई जातिको चाड साकेलाको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष खुक्सङ खम्बु राईले बताएका छन्।

‘कार्यक्रम साकेलालाई अझ स्थापित गराउने ध्येयले कार्यक्रमको आयोजना गरेका हौँ, 'अध्यक्ष राईले भने, ‘प्राप्त कवितामध्येबाट पहिलो चरणमा उत्कृष्ट ३० छनोट गरिने छ।’ उनका अनुसार कार्यक्रम आगामी पुष १२ गते हुने छ। कविता मातृ, नेपाली र अंग्रेजी गरी तीन भाषामा लेख्न सकिने छ।

अन्तिम चरणबाट छानिएका पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त प्रतिस्पर्धीहरुले क्रमश २०, १५, १० र ५ हजार रुपैयाँ नगदका साथ मेडल, पुस्तक र प्रमाण पत्र प्राप्त गर्ने उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.