|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्। 

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई आज साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन्। 

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको बताए। 

आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै बालुवाटारमा संवाद भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.