|

काठमाडौं : इङ्ग्लिस प्रिमियर  लिग फुटबलका  १० क्लबको रंगशालामा दर्शकलाई प्रवेश दिइने भएको छ।

इङ्ग्ल्यान्ड सरकारले लिभरपुल, आर्सनल, चेल्सीलगायत १० क्लबको मैदानमा सिमित दर्शकलाई दर्शकलाई प्रवेश अनुमति दिएको हो।  डिसेम्बर २ अर्थात् आगामी बुधबारपछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने बेलायत सरकारले निर्णय गरेको हो। 

जसमा लिभरपुल, आर्सनल, चेल्सी, टोटेनह्याम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटन र वेस्ट ह्यामको मैदानमा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने भएका हुन्।

कोरोना महामारीका कारण गएको मार्चपछि खेलकुद गतिविधिमा दर्शकलाई प्रवेश रोकिएको थियो। कोरोना भाइरसको सङ्क्रमण जोखिमपछि इङ्ग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.