|

काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङका ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। मोरङको बेलबारी नगरपालिकाका ति पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो।

मृतकलाई पहिले दीर्घ रोग मधुमेह र उच्च रक्तचाप थियो। उनलाई २ गते कोरोना पुष्टि भएको थियो र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ। मोरङमा संक्रमितको मृत्यु संख्या ६० पुगेको छ। उपचाररत ४ सय ३४,संक्रमणमुक्त ११ हजार २ सय १५ र कुल संक्रमित ११ हजार ७ सय ८ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.