|

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको प्रमाणित गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन्।  

नोभेम्बर तीनमा भएको राष्ट्रपतीय चुनावमा उनले आफ्नो पराजय अझै स्वीकार गरेका छैनन्। उनले प्रमाण प्रस्तुत नगरे रै मतदानमा धाँधली भएको दाबी छ।  तर राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिएको बीबीसीले उल्लेख गरेको छ। यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा पनि सहमति जनाएका थिए। 

बाइडेनले ३ ससय ६ र ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज भोट प्राप्त गरेपनि यसको प्रमाणीकरण गर्न बाँकी छ। इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर १४ तारिखमा हुँदैछ, त्यसले बाइडेनको जित औपचारिक घोषणा गर्नेछ। 

बाइडेनले जनवरी २० तारिखमा राष्ट्रपति पदको सपथ ग्रहण गरी कार्यभार सम्हाल्नेछन्। बाइडेनलाई अहिले राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ भने राष्ट्रपति निर्वाचित र उनको समूहले पाउने बजेट र साधन स्रोतहरू उपलब्ध गराइएको छ।

बाइडेनले आफ्नो नेतृत्वको सरकार र प्रमुख निकायहरूमा मुख्य जिम्मेवारी दिइने केही व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.