|

काठमाडौं : चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकाका ७७ वर्षीय पुरुष र मकवानपुर जिल्लास्थित हेटौँडा उप–महानगरपालिका वडा नम्बर १० की ५७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।  ७७ वर्षीय पुरुषलाई गत मंसिर तीन गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। उनमा ज्वोरो, खोकी र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।

यस्तै कोरोना संक्रमण पुष्टि भएपछि हेटौडाकी महिलालाई उपचारका लागि हिजो  अस्पताल भर्ना गरिएको थियो। उनमा पनि ज्वोरो, खोकी र स्वाशप्रश्वासको समस्या थियो। 

यस्तो छ अस्पतालकाे विज्ञप्ती

चितवन जिल्ला, भरतपुर ,महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष मिति २०७७/०८/०५ गते कोभिड संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई, यस अस्पतालमा भर्ना हुनुभएको थियो। निजलाई मिति २०७७/०८/०३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि मिति २०७७/०८/०६ गते COVID ICU मा राखी उपचार गरिएको थियो। उपचारका सबै उपायहरु गर्दा गर्दै मिति २०७७/०८/१२ गते बिहानको ५:१५ बजे ARDS र COVID-19 Pneumonia को कारणले निधन भएको जानकारी गराइन्छ।

साथै, मकवानपुर जिल्ला, हेटौडा-१० बस्ने ५७ वर्षीय महिला मिति २०७७/०८/११ गते कोभिड संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई, यस अस्पतालमा भर्ना हुनुभएको थियो। निजलाई मिति २०७७/०८/०८ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि मिति २०७७/०८/११ गते नै COVID ICU मा राखी उपचार गरिएको थियो। उपचारका सबै उपायहरु गर्दा गर्दै मिति २०७७/०८/१२ गते बिहानको ६:०० बजे COVID-19 Pneumonia को कारणले निधन भएको जानकारी गराइन्छ।

स्वाथ्यकर्मीको प्रयासमा उपचार गर्दागर्दै मृत्यु हुन पुगेकोमा सम्पूर्ण अस्पताल परिवार गहिरो दु :ख व्यक्त गर्दछौँ। साथै, मृत आत्माको चीर शान्तिको कामना एवं श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.