|

काठमाडौं : रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका–२ घारीखोलाबाट जन्ती लिएर दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति दुर्घटना भएको हो।

दुर्घटनामा आठबिसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए। दुर्घटनामा घाइते भएका ६० वर्षीय लालबहादुर नेपालीको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.