|
फाइल फोटो

इटहरी : संविधान निर्माण प्रक्रिया सुरु भएसँगै विपरीत ध्रुवमा रहेका एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भिडन्तको अवस्थामा पुगेका छन्। संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित एमालेले सुरु गरेको १५ दिने मेची-महाकाली राष्ट्रिय अभियानलाई मोर्चाले बिथोल्ने गरी विभिन्न कार्यक्रम घोषणा गरेपछि परिस्थिति असहज बन्ने सम्भावना बढेको हो।

झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान दोस्रो दिन सुनसरीको इटहरी र मोरङको विराटनगर आइपुगेको छ। अभियान सोमबार मधेस आन्दोलनबाट सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर २ प्रवेश गर्दैछ। एमालेको अभियान बिथोल्न सो क्षेत्रमा मोर्चा सम्बद्ध दलले चक्काजाम लगायत कार्यक्रम आह्वान गरेका छन्।

संविधान कार्यान्वयनका लागि पहिले संशोधन होइन, तीनै तहको चुनाव हुनुपर्ने अडानमा एमाले छ भने मोर्चा पहिले संशोधन अनि चुनावको पक्षमा छ। यही कारण मुलुकको राजनीतिमा गतिरोध देखा परेको छ। 

सरकारले मोर्चाका माग सम्बोधन गर्न ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत भन्दै आएको एमालेले त्यसलाई कुनै पनि हालतमा पारित हुन नदिने जनाएको छ। मोर्चाले स्थानीय स्तरमा एमाले अभियानसँग जुध्नेगरी कार्यक्रम राख्दै त्यसमा अवरोध गर्ने संकेत दिएको छ। त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.