|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठकमा नेताहरुले बहसले पार्टी नफुट्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुले बहसले पार्टी नफुट्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

‘बहसले पार्टी एकताको रक्षा पुग्ने कुरा बैठकमा बोल्नुभएका नेताहरुले राख्नुभएको छ। उहाँहरुले पार्टी एकताको रक्षामा जोड दिनुभएको छ’ उनले भने, ‘अहिलेको छलफल र बहसले एकतामा विभाजन हुने भन्ने कुरा सोच्न पर्दैन। बहसले एकताको रक्षा गर्न र व्यवस्थित गर्नका लागि सदुपयोग गर्नुपर्छ।’ 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको प्रतिवेदन अध्ययनपछि १६ गते सचिवालयको बैठक बस्ने उनले बताए। ‘उहाँहरुको प्रस्तावको अध्ययनपछि १६ गते सचिवालय बैठक बस्छ। आवश्यक परे १७ गते पनि बस्न सक्ला’ उनले भने, ‘१८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक छ।’ 

पार्टीभित्रको विवाद व्यवस्थित ढंगले छलफल गरेर समाधान गरिने उनले बताए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा पछिल्लो समय विवादमा फसेको छ। अध्यक्षद्धयको विवादले पार्टी विभाजनको दिशातर्फ केन्द्रित भएको छ।

विवादको क्रममा सचिवालयमा प्रधानमन्त्री ओली ओली अल्पमतमा देखिएका छन्। अध्यक्ष दाहालसहित बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्। 

यस्तै, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव बिष्णु पौडेल छन्। यद्यपी, अध्यक्ष दाहाल निकट रहेको गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन्। तर, उनी अहिलेसम्म कतै पनि खुलेका छैनन्। 

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोप पत्र अस्वीकार गरी आफ्ना जवाफ दिएका छन्। 

अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्तावको पूर्णपाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.