|

काठमाडौं :  देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ।

यस्तै मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। योसहित नेपालमा कुल संक्रमित संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। 

मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.