|

काठमाडौं : उपत्यकामा शनिबार थप ६ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ४ सय ८५ ,भक्तपुरमा ३६ र ललितपुरमा १ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन्। महिला २ सय ८५ र पुरुष ३ सय ६० छन्।

काठमाडौं जिल्लामा ८ हजार ३९ सक्रिय संक्रमित छन्। ३ सय ४८ संक्रमितको मृत्यु, ७८ हजार ४ सय ६९ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८६ हजार ८ सय ५६ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय ३२ छन्। ७ हजार १ सय ४ कोरोना संक्रमणबाट मुक्त , ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ८ सय २५ छन्।

त्यसैगरी, ललितपुरमा १ हजार ६ सय २६ सक्रिय संक्रमित छन्। ११ हजार ३ सय ५३ कोरोना संक्रमणबाट मुक्त, १ सय ९ संक्रमितको मृत्यु र कुल संक्रमित १३ हजार ८८ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.