|

दाङ : दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–१३ निवासी ६६ वर्षीय पुरुषको शनिबार बिहान १०:४५ बजे कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।

उनको कात्तिक ३० गते स्वाब पिसिआर परीक्षण गराउँदा कोरोना सक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएका र स्वास्थ्यमा थप समस्या देखिएपछि मंसिर ६ गते उपचारका लागि अस्पतालमा आएका वलीले जानकारी दिए।

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो। त्यस्तै  अहिले अस्पतालमा १५ जना  संक्रमितहरु रहेको र  ति मध्ये मध्य तुलसीपुरका ९ जना, सल्यानका १ जना र घोराहीका ५ जना  रहेको अस्पतालले जनाएको छ।

त्यस्तै अहिले पनि अस्पतालमा ५ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको उनले जानकारी दिए। स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा शुक्रबारसम्म २८ जनाको ज्यान गएको छ, भने संक्रमितको संख्या ३ हजार ४३ रहेको छ।

त्यस्तै संक्रिय संक्रमित संख्या ४ सय ११ र कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ४ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.