|

अमेरिकाको फाइजर कम्पनीले विश्वव्यापी रूपमा कोरोनाविरुद्धो खोप दिन चार्टर्ड उडानहरू सञ्चालन गर्ने भएको छ। युनाइटेड एयरलाइन्सले यी उडानहरू शुक्रबारदेखि सुरू गरेको वाल स्ट्रिट जर्नलको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।  

फाइजर भ्याक्सिनको पहिलो ब्याच अमेरिकाको मिसिगन र विस्कन्सिन गोदामहरूमा भण्डार गरिनेछ। उही समयमा बेल्जियम र जर्मनीमा पनि भण्डार गरिने बताइएको छ। 

यदि खोपले सरकारको स्वीकृति पायो भने चार्टर्ड उडानहरूले यसलाई द्रुत रूपमा विश्वको प्रत्येक भागमा पुर्‍याउने कम्पनीले जनाएको छ। कोरोना विरुद्धको फाइजरले अमेरिकामा भ्याक्सिन रेजिष्ट्रेसनका लागि पनि आवेदन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.