|
फाइल फोटो

मेघराज खड्का

मुसीकोट : उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा सञ्चालन गरिएको मध्यपश्चिम रुकुम महोत्सवमा ९ करोड बराबरको कारोबार भएको छ। कृषि, जडीबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार’भन्ने नारासहित रुकुमको बराहटाकुरामा महोत्सव सञ्चालन गरिएको थियो। 

१२ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिएको महोत्सव ११ दिनसम्म चलेको हो। महोत्सवबाट रुकुम जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषिजन्य उत्पादनको बजारीकरण गर्ने लक्ष्य राखिएको थियो। 

महोत्सवमा ७५ हजार बढी दर्शकले अवलोकन गरेका तथा ९ करोड बराबरको कारोबार भएको महोत्सव आयोजक समितिका आर्थिक संयोजक प्रवीर डाँगीले जानकारी दिए। उनका अनुसार महोत्सवमा टिकट बिक्री तथा स्टलबाट उठेको रकम केही दिनभित्रै पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने र उक्त रकम रुकुम उद्योग वाणिज्य संघले एउटा एम्बुलेसन्स खरिद गरेर सञ्चालन तथा बीउ बिजन कारखाना स्थापनाका लागि पहल गर्ने जानकारी दिए।

 रुकुममा पहिलो पटक आयोजना गरिएको व्यापारिक महोत्सव भव्य रुपमा सञ्चालन भएका कारण प्रत्येक वर्ष यसरी नै आयोजना गर्ने र उठेको रकम सामाजिक काममा लगाउने पनि आयोजकले बताएको छ। पहिलो मध्यपश्चिमाञ्चल महोत्सवले रुकुमेलीहरुलाई भरपुर मनोञ्जन मात्र दिएको छैन रुकुमको व्यापार व्यवसाय आर्थिक समृद्धिको रेखासमेत कोरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.