|

बागलुङ : जिल्लाको गलकोट नगरपालिका-१० पाण्डवखानीका १० वर्षीय बालक अशोक क्षेत्री शनिबार साँझदेखि परिवारबाट सम्पर्कविहीन भएका छन्। गलकोट नगरपालिका-७ मल्मको रमुवामा बाबाआमासँगै बस्दै आएका क्षेत्री शनिबार साँझदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ। साँझ करिब ५:३० बजेसम्म घरछेउमा खेलिरहेका क्षेत्र त्यसपश्चात एकाएक सम्पर्कविहीन भएका थिए।

उनको खोजीका लागि परिवार र छिमेकीले शनिबार रातभर प्रयास गरेका थिए। उनी सम्पर्कबाहिर रहेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा पनि जानकारी गराएको छ। प्रहरी र स्थानीयको सक्रियतामा उनको खोजीकार्य भइरहेको कार्यवहाक वडाध्यक्ष लोकबहादुर थापाले जानकारी दिए।

परिवारले बालकको तस्विर सार्वजनिक गरेर फेला पार्ने जो कोहीले परिवार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.