|

पाँचथर : गाउँमा भरुवा बन्दुक देखाएर धम्की दिँदै हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीयवासीलाई बन्दुक देखाएर धम्की दिँदै त्रसित बनाएको सूचना पाएपछि खटिएको प्रहरीले पाँचथरको पौवा सारताप–३ का ३१ वर्षीय एलिया नेम्वाङलाई जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विज्ञान वस्नेतले जानकारी दिए।

नेम्वाङ विरुद्ध आइतबार नै हात हतियार तथा खरखजाना मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको बताए।

यसअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्द हड्तालको क्रममा सवारी साधनमाथि तोडफोड गरेको आरोपमा उनी विरुद्ध केही सार्वजनिक अपराध अन्तरगत मुद्दा पनि प्रहरीमा दर्ता थियो। उनी फरार थिए। प्रहरीले उनलाई खोजीको सुचीमा राखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.