|

धनगढी : नेपाल पत्रकार महासङ्घ कैलालीको नवौ अधिवेशनले जिल्ला कार्यसमितिको अध्यक्षमा जगत साउदलाई निर्वाचित गरेको छ। 

आइतबार टीकापुरमा भएको अधिवेशनले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका साउदले १०२ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन्।

अध्यक्ष पदका अर्का प्रत्यासी हिक्मत रावलले ८० मत ल्याएका निर्वाचन अधिकृत हरि रेग्मीले जानकारी दिए। अठार सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा टङ्क कुँवर, दुर्गा देवकोटा, सचिवमा मीन ठकुरी, सहसचिवमा श्रवण देउवा, समावेशी सहसचिवमा राम चौधरी र कोषाध्यक्षमा हिमाल जोशी निर्वाचित भएका छन्। 

केन्द्रीय पार्शदमा कर्ण शाह, भीष्मराज ओझा, भरत शाह, योगेश रावल, मातृका तिमिल्सेना, गणेश चौधरी, मोहन बुढाऐर, दुर्गा भण्डारी, एकिन्द्र तिमिल्सेना, रङ्ग तिमिल्सेना, हेमकर्ण विक, दीपक थापा, दीपक ओली, प्रेम चौधरी, महेन्द्र भण्डारी, महिला केन्द्रीय पार्षदमा सीता खनाल, तुल्सी देवकोटा, करुणा जोशी, पवन मुडभरी, सीता चौधरी निर्वाचित भएका छन्।

प्रदेश पार्शदमा घनबहादुर शाह, मनमोहन स्वाँर, टेकबहादुर सार्की, लीलाराज खत्री, नवराज खनाल, युवराज न्यौपाने, कपिल भट्ट, भोजराज जोशी, दीपक ढुङ्गाना, भीम चौधरी, विष्णु दौल्याल, प्रकाश मिश्र, परमानन्द पाण्डे, मुकेश टेर्रा, ईश्वर सोडारी, डम्बर बम, एलबी बुढा, लोकेन्द्र रावल, बलबहादुर महरा, टीकाराम सुनार, मानबहादुर ठकुल्ला, घनश्याम पौडेल, पूर्ण थापा, नहकुल जिसी, कमल केसी र दीपेन्द्रराज भण्डारी निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.