|

लमजुङ : हत्या आरोपमा फरार तीनजना १८ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पनेमा दुधपोखरी गांउँपालिका–५ कोल्कीका ४१ वर्षीय मनवहादुर गुरुङ, ४६ वर्षीय धनराज गुरुङ र ४५ वर्षीय धनवहादुर गुरुङ रहेका छन्। मनबहादुर र धनराजलाई दुधपोखरीस्थित आफ्नै गाउँघरमा लुकिछिपी रहेको अवस्थामा मंसिर ११ मा प्रहरीले प्रक्राउ गरेको हो। धनवहादुरलाई भने चितवनको भरतपुर महानगरपालिका–१२ मंसिर १३ गते पक्राउ गरिएको जिल्ला लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगावहादुर थपाले जानकारी दिए।

पक्राउ परेका तीनजनामाथि २०५९ असोज ३० गते दुधपोखरी गाउँपालिका–५ स्थित हिमालय माध्यमिक विद्यालयमा सोही ठाउँका भिमवहादुर गुरुङलाई हत्या गरेको आरोप छ। उनीहरु भिमबहादुरको हत्यापछि नै फरार रहेका थिए। मृतककी श्रीमती वुद्धिमायाले दिएकी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा २०५९ असोज ३० गते वडादशैंको दिन अभियुक्त तीनजना र भिमबहादुरबीचसामान्य विवाद हुँदा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको खुलासा भएको छ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार घटनामा संलग्न तीनैजनले आरोप स्वीकार गरेको र उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको थापाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.