काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका लामिछाने श्वासप्रश्वासमा समान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन्। उनलाई गएराति ह्याम्स अस्पताल भर्ना गरिएको सन्दिपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।
सन्दीपलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पताल भर्ना भएपनि उनको अवस्था सामान्य रहेको सिवाकोटीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।