|

विराटनगर :  विरामी बोकेर आएको एम्बुलेन्स विराटनगरमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। 

सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परी घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ।

मण्डल बिरामी भएपछि परिवारले उपचारका लागि लिएर आएका हुन्। सोमबार बिहान १ बजे दुर्घटनामा नोबेल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा  ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते  भएका छन्। उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ।

एम्बुलेन्स चालक हरि यादव फरार रहेका छन्। बिग्रेर रोकिएको ट्रलीका चालक तथा अन्य व्यक्तिको समेत खोजि भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.