|

चार दिनअघि संसारबाट विदा भएका सर्वकालिन महान फुटबलर डियगो म्याराडोनाका चिकित्सकको घर र क्लिनिकमा प्रहरीले छापा मारेको छ।

उपचारमा कुनै लापरवाही भए/नभएको पत्ता लगाउन प्रहरीले म्याराडोनाका निजी चिकित्सक लियोपोल्डो लुकेको घर र क्लिनिकलाई नियन्त्रणमा लिएको हो। 

अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्सस्थित आफ्नै निवासमा रहेका ६० वर्षीय म्याराडोनालाई नोभेम्बर २५ मा हृदयघात हुँदा ज्यान गएको थियो। 

म्याराडोनाकी छोरीले आफ्ना पितालाई कुन औषधी दिइएको थियो भन्नेबारे अनुसन्धान गर्न आग्रह गरेकी थिइन्.। यही महिनामा म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया भएको थियो। यसअतिरिक्त मादक पदार्थको लत छुटाउन पनि उपचार चलिरहेको थियो। 

डा. लुकाले अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका छन्। म्याराडोनालाई बचाउन अन्तिम समयसम्म आफूले सबै प्रयास गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.