|

काठमाडौं : घुँडाको चोटका कारण अष्ट्रेलियन क्रिकेट टिमका ओपनर डेविड वार्नरले भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल र टी–ट्वान्टी सिरिज गुमाउने भएका छन्। 

हिजो भएको दोस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्ने क्रममा उनलाई चोट लागेको थियो। सिड्नीमा भएको उक्त खेलमा चोट लागेपछि उनको गएराति राति नै स्क्यान गरिएको थियो। 

चिकित्सकले उनलाई १८ दिनको आरामको आवश्यकता रहेको बताएपछि क्रिकेट अष्ट्रेलियाले उनलाई आराम दिने र अन्तिम एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्न नसक्ने बताएको छ। 

टी–ट्वान्टी पछि हुने टेष्ट सिरिजका लागि भने उनी उपलब्ध हुने बताइएको छ। वार्नरको स्थानमा डासी स्वार्टलाई टिममा राखिएको छ। उत्कृष्ट लयमा देखिएका वार्नरको अनुपस्थिती टिमका लागि केहि घाटा हुने भने देखिएको छ। 

उनले दुई एकदिवसिय खेलमा दुबैमा अर्धशतक बनाएका थिए। जसमा पहिलो खेलमा ८३ र दोस्रो खेलमा ६९ रन बनाएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.