|

दैलेख : कर्णाली प्रदेशका प्रहरी प्रमुख वसन्तकुमार पन्तले कर्णाली प्रदेशमा सुरक्षा व्यवस्था मजबुत रहेको बताएका छन्। कर्णालीमा प्रहरी जनशक्तिको केही अभाव भए तापनि अहिले भएको जनशक्तिबाट सुरक्षा व्यवस्था मजबुत परिएको बताएका हुन्।

दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा रहेको प्रहरी चौकीको नयाँ भवन उद्घाटन कार्यक्रममा आएका पन्तले आइतबार पत्रकारहरूसँग कुरा गर्दै कर्णाली प्रदेशका १० जिल्लाहरूमा प्रहरीद्वारा जनतालाई प्रदान गर्दै आएको सुरक्षा व्यवस्था मजबुत रहेको बताए।

कर्णालीका केही जिल्लाहरूमा विप्लव समूहको गतिविधि भइरहेको सूचना प्राप्त हुने गरेको छ। उक्त समूहले विभिन्न कार्यक्रम गर्ने चन्दा असुली गर्ने लगायतका काम गर्दै आएको सूचना आउने गरेको र त्यसलाई मध्यनजर गर्दै प्रहरीले आफ्ना गतिविधि अगाडि बढाइरहेको पन्तले बताए।

उनले कर्णाली प्रदेशमा पछिल्लो समय सामाजिक अपराधको मात्रा बढी देखिँदै गएको बताएका छन्। मादक पदार्थ सेवन गरी महिलामाथि हुने हिंसा, आत्महत्या लगायतका सामाजिक अपराधहरू बढ्दै गएको बताए।

सामाजिक अपराधलाई न्यूनीकरण गर्नका निमित्त प्रहरीले प्रदेशका १० वटै जिल्लाहरूमा विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको र प्रहरी नागरिकको घरमा पुगी पारिवारिक समस्याहरू पनि बुझ्दै आएको बताए।

प्रदेशमा महिला हिंसा हुन नदिन जनचेतना जगाउने उद्देश्यले प्रत्येक जिल्लाका महिला अधिकृतहरूलाई प्रदेश राजधानीमा बोलाई तालिम दिई गाउँ-गाउँमा पठाई महिला हिंसा हुन नदिने गरी जनचेतना जोगाउने काम गरिने उनले बताए।

१२ सय बढी जनशक्ति अभाव

कर्णाली प्रदेशका १० जिल्लाहरूमा अहिले १२ सय देखि १५ सय सम्म प्रहरी जनशक्ति अभाव रहेको प्रहरी प्रमुख पन्तले बताएका छन्। उनले कर्णालीमा प्रहरी जनशक्ति कम रहेको भन्दै संघीय सरकारसँग माग गरिएको बताए।

कर्णाली प्रदेश यातायातका हिसाबले कम विकास भएकाले अपराध भएका ठाउँमा प्रहरी ढिलो गरी पुग्ने सूचना पाउन धेरै समय लाग्ने समस्या रहेको बताए। सबैको जिम्मेवारी शान्ति सुरक्षा अमनचयन भएकाले सुरक्षा निकायसँग नागरिकले सूचना छिटो पुर्‍याउन पन्तले आग्रह गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.