|

रौतहट : डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले सोमबार बिहानको राति करिब ३ लाख मूल्यबराबरको सालको काचो फल्ली बरामद गरेको छ। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साहको नेतृत्वमा गएको टोलीले चन्द्रपुर नगरपालिका-१ बागमतीबाट सो काठ बरामद गरेको हो।

मकवानपुर वा सिन्धुलीबाट बागमती नदीमा टियुरमा राखेर ल्याइएको ६० थान सालको काँचो फल्ली वन कर्मचारीले बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विनोद सिंहले जानकारी दिएका छन्। बा१ख ६४४२ नम्बरको बसमा ल्याएको काठ बरामद गरेको उनले जानकारी दिए।

उक्त काठ अन्दाजी ६० क्युफिटभन्दा बढी हुने र बजार मूल्य ३ लाखभन्दा बढी रहेको डिभिजन वन प्रमुख सिंहले बताएका छन्।

केही दिन अगाडिदेखिको सुराकीको आधारमा बससहित काठ बरामद गर्न वन कर्मचारी सफल भएको सिंहले बताए। बस कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको वन प्रमुख सिंहको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.