|

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको मिति तय गरेको हो। पुस ११ बाट काठमाडौंमा सुरु हुने प्रतियोगिताका लागि जिल्ला छनोटको काम अघि बढाउन निर्देशन दिइसकिएको क्यानले जनाएको छ।

मंसिर २१ गते भित्र जिल्ला छनोट मंसिर सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन क्यानले निर्देशन दिएको हो।  छनोट प्रतियोगिता सञ्चालन गर्दा जिल्ला प्रशासन तथा स्थानीय तहबाट स्वीकृती लिन क्यानले आग्रह गरेको छ।

क्याले टोली छनोटको जिम्मेवारी जिल्ला संघलाई दिएको छ। जिल्ला टोली तयारीका लागि संघबाट २० हजार र एक दर्जन वल दिइने पनि क्यानले जनाएको छ। क्यानले प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता पुस ७ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित प्रादेशिक क्रिकेट संघसँग समन्वयमा रहन पनि आग्रह गरेको छ।

सरकारले खेलकुद गतिविधि सञ्चालन गर्न स्वीकृति दिएसँगै खेलाडीहरूलाई प्रशिक्षण, प्रतियोगिता मिति लगायत काम थालिएको छ। कोरोना जोखिमका कारण गत चैत यता खेल गतिविधि ठप्प थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.