|

काठमाडौं : नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ।

सोमबार प्रतितोला  ९०  हजारमा कारोबार भएको छापावाला सुन आज  ५०० ले बढेर ९० हजार ५०० पुगेको छ।

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो। यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भइरहेकाे छ। सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.