|

काठमाडाैं : राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडको असरसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ।

समितिको मंगलबार बसेको बैठकले यसबारे सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो। समिति सभापति दिल कुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गर्ने सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई बढाउने निर्णय भएको बताइन्।

कोभिड संक्रमण जोखिमका कारण समितिका नियमित बैठक प्रभावित भएका र अबदेखि बैठकलाई निरन्तरता दिन उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलले बताइन्। 

पछाडि परेको क्षेत्र, समुदाय, मानवअधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रिय सुरक्षा, विभिन्न सन्धि सम्झौतालगायत विषयमा पनि समितिले छलफललाई बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले बताए।

यस्तै लैंगिक हिंसाविरुद्ध विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ। समितिले प्रस्ताव गरेको संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध विषयमा गोष्ठी गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति रावलले बताइन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.