|

कास्की : तीनजना बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा एकजना फ्रान्सेली नागरिक पक्राउ परेका छन्। पोखरा महानगरपालिका-६ खहरे बस्दै आएका ६० वर्षीय फ्रेन्च नागरिक क्रिस्टियन सेर्गे हेन्री न्यौगारेस्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

राहदानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय उनलाई पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना बालकलाई यौन शोषण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

ती फ्रेन्च नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरेको हो ।

नेपालमा बस्दै आएका विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषणमा संलग्न रहेको सूचनाको आधारमा ब्यूरोको पेशाले कम्प्युटर ईन्जिनियर उनलाई पक्राउ गरेको हो। बालकहरुसँग अप्राकृतिक मैथुन गर्दा गर्दै समातिएका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुलेको छ।

उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ। पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.