बीचमै बैठक छाडेर नहिँडेको स्पष्टीकरण

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानतर्फ अघि बढेको संकेत उपाध्यक्ष वामदेव गौतमले गरेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्।

प्रेस संयोजक विश्‍वमणि सुवेदीका अनुसार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भए पनि पार्टीको विवाद समाधानतर्फ गएको संकेत गौतमले गरेका हुन्। 

'पार्टीको विवाद अब तिक्तताबाट मित्रतातर्फ अघि बढेको छ', गौतमको भनाइ उद्धृत गर्दै संयोजक सुवेदीले भने, 'अब हामी त्यसलाई संस्थागत गर्ने काममा लाग्छौं।'

उपाध्यक्ष गौतम आफूले बैठक चल्दा चल्दै बाहिरिएको कुरा गलत रहेको पनि बताएका छन्। उनले आफू काम परेर १० मिनेटअघि मात्रै बैठकबाट निस्किएको उनले स्पष्टीकरण दिएका छन्। 

मंगलबार बसेको सचिवालय बैठकमा एकल प्रस्तावबारे दुई अध्यक्षबीच चर्को विवाद भएको थियो। ओलीले प्रस्तावमाथि छलफल गर्न नहुने मत राखेका थिए भने प्रचण्डले बैठकबाटै छलफल गरेर निचोड निकाल्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.