|

सोलुखुम्बु  : सोलुखुम्बुको फाप्लु विमानस्थल ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक चित्र बहादुर गुरुङको हृदयघातका कारण निधन भएको छ। केरुङको प्रहरी चौकीमा दरबन्दी रहेका ५० वर्षीय गुरुङको सोमबार अपराह्न ४ बजे निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार दिउँसो सवा ३ बजे अचानक ढलेका गुरुङलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शवलाई पोष्टमार्टमपछि मंगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.