अस्ट्रेलियन ब्याटसम्यानको दबदबा कायमै

|

काठमाडाैं : अस्ट्रेलियाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत बुधबार क्यानबेरामा प्रतिस्पर्धा गर्दै छ। तीन खेलको सिरिज २–० ले गुमाइसकेको भारतका लागि अन्तिम खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप हुनबाट बचाउनु पर्ने चुनौती छ।

अस्ट्रेलिया भने आफ्नो सानदार फर्म कायम राख्न चाहन्छ। यसअघि भारत गत जनवरी–फेब्रुअरीमा न्युजिल्यान्ड भ्रमणका क्रममा पनि किवी टिमसँग ३–० ले सिरिज गुमाएको थियो।

सिरिजमा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा

सिरिजमा अस्ट्रेलियका ब्याट्सम्यानको दबदबा देखिएको छ। यसअघि भएका दुवै खेलमा भारतीय बलर अस्ट्रेलियन ब्याट्सम्यान सामु निरीह रहे। स्टिव स्मिथले लगातार दुवै खेलमा शतकीय इनिङ खेल्दा कप्तान एरवन फिन्चले पहिलो खेलमा शतक तथा दोस्रो खेलमा अर्धशतक प्रहार गरे।

चोटका कारण सिरिजबाट बाहिरिएका डेभिड वार्नरले पनि दुवै खेलमा शानदार अर्धशतकीय इनिङ खेले। यीबाहेक मार्नस लाबुशाने तथा ग्लेन म्याक्सवेलले पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दा भारतीय बलरमाथि भने अत्यधिक दबाब बढेको छ।

भारतीय ब्याट्सम्यानले पनि सुरुवात राम्रो गर्न सफल भए पनि जितबाट भने टाढा नै रहँदै आएका छन्। शिखर धवन, हार्दिक पाण्ड्याले पहिलो खेलमा अर्धशतकीय इनिङ खेले। तर टिमको हार टार्न सकेन्। त्यसपछि दोस्रो खेलमा कप्तान विराट कोहली तथा उपकप्तान केएल राहुलले अर्धशतकीय इनिङ खेले। तर पनि अस्ट्रेलियाले दिएको विशाल स्कोर नजिक पुग्न असफल रहे।

अस्ट्रेलियासँग भारतले गुमायो सातौं सिरिज

लगातार दुई खेलमा जित निकाल्दै भारतविरुद्ध अस्ट्रेलिया सातौं सिरिज जित्न सफल रह्यो। यी दुई देशबीच अहिलेसम्म कुल १३ सिरिज भएका छन्। जसमा भारतले ६ सिरिज जितेको छ। अस्ट्रेलियाको घरेलु मैदानमा भएको ३ एकदिवसीय सिरिजमा अस्ट्रेलियाले २ तथा भारतले १ सिरिज जितेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.