|
फाइल फोटो

उदयपुर : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउतको गाडीमा ढुङ्गा प्रहार भएको छ। सोमबार मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरुवामा भएको कार्यक्रममा भाग लिएर सप्तरीको राजविराज फर्किने क्रममा उनी चढेको गाडीमा ढुङ्गा प्रहार भएको हो।

ढुङ्गा प्रहारपछि गाडीको सिसा फुटेको छ। अध्यक्ष राउत सामान्य घाइते भएका छन्।  'इनरुवाबाट फर्किने क्रममा २ बजेको समयमा हामी माथि मोर्चाका कार्यकर्ताले ढुङ्गा हाने,' जिल्ला सचिव परमेश्वर घिमिरेले भने, ‘गाडीको सिसा फुटेर अध्यक्ष राउतलाई सामान्य चोट लागेको छ।’

मेची–महाकाली राष्ट्रिय अभियानको लागि उदयपुरबाट छ वटा यात्रुवहाक बस, दुई सय मोटरसाइकल र ३० वटा जीपमा एमालेका कार्यकर्ता परिचालित भएका छन्। ‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी इनरुवा, राजबिराज र  मंगलबार हुने गोलबजारको कार्यक्रममा सहभागी हुने छौं,’ प्रचार प्रसार विभाग उदयपुरका प्रमुख समेत रहेका घिमिरेले भने,‘गोलबजारमा उदयपुरबाट ५ हजार नेता कार्यकर्ता र सर्मथक ल्याउन केन्द्रिय निर्देशन छ।’

कटारी, बेल्टार, गाईघाट लगायतका जिल्लाका तिनै निर्वाचन क्षेत्रबाट गोलबजार केन्द्रीत हुन एमाले उदयपुरले तयारी गरेको घिमिरेले बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.