संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। विश्वलाई नै रासायनिक हतियारविहीन बनाउन आवश्यक भएको उनको भनाइ छ।
रासायनिक हतियारपीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै गुटेर्रेसले यसको प्रयोग कहिल्यै, कहीं, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठीक नभएको बताए। रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने पनि उनले स्मरण गराए।
‘कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिँदैन, हामीले यसलाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,’ सन्देशमा उनले लेखेका छन्। गुटेर्रेसले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वाभाविक रूपमा लिन नहुनेमा पनि जोड दिए।
राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पारे। रासायनिक हतियारपीडितलाई सहयोग गर्ने नैतिक जिम्मेवारी विश्व समुदायको रहेको बताउँदै उनले पीडितहरुप्रति सहानुभूति व्यक्त गरेका जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।