|

दमक : झापा र मोरङ्गमा रहेको भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिको नयाँ नेतृत्व छनौटका लागि मंगलबार र बुधबार निर्वाचन हुँदैछ। शिविर सन्‍चालनमा मुख्य काम गर्ने समूहको निर्वाचन नजिकिएपछि शरणार्थीहरु पनि सक्रिय रुपमा निर्वाचन सफल बनाउन लागेका छन्।

२५ वर्ष देखि नेपालमा शरण लिएर बसेका भूटानी शिविरले मंगलबार र  बुधबार आफ्नो पक्षमा काम गर्नका लागि मतदान गरेर क्याम्प व्यवस्थापन सचिव छनौट गर्दैछन्। मंगलबार विभिन्‍न सेक्टरबाट प्रतिनिधि छनौटका लागि मतदान हुँदैछ। यस्तै बुधबार क्याम्पको व्यवस्थापनमा मुख्य भूमिका खेल्ने क्याम्प व्यवस्थापन समितिको छनौटका लागि मतदान गर्ने भएका हुन्।

झापाको दमक स्थित बेल्डाँगी शिविर र मोरङ्ग पथरिशनिश्चरेमा रहेका ११ हजार पाँच सय शरणार्थीको हक र अधिकारका लागि काम गर्न सक्षम नेतृत्वको छनौट गर्न शरणार्थीहरु मतदानमा जुट्दैछन्। अब बन्‍ने समितिको कार्यकाल दुई वर्षको हुनेछ। विभिन्‍न १५ सक्टर र १६ उप सेक्टरबाट मंगलबार मतदान गरि १२४ जना प्रतिनिधि छनौट हुनेछन्।

प्रतिनिधिले बुधबार हुने निर्वाचनमा मतदान गरेर क्याम्पस सचिव र सहसचिव छनौट गर्ने निर्वाचन समितिका संयोजक राम कुमार पौड्यालले बताए। उनका अनुसार प्रतिनिधिका लागि प्रत्येक सेक्टर र उप सक्टरबाट दुई जना महिला र दुई जना पुरुष अनिवार्य हुनु्पर्नेछ। अब आउने समितिको मुख्य चुनौती यहाँ रहेका भूटानीहरुलाई घर फर्काउन पहल गर्नु रहेको भूटानी शरणार्थीहरु बताउछन्।

'अब आउने समिति भूटानी शरणार्थीको दिगो समस्या समाधान गर्न पहल गर्न सक्ने हुनुपर्छ,' शरणार्थी अगुवा शन्तवीर घलेले भने,' अब हामीलाई समस्या पर्दै छ, हाम्रो रासन पनि, क्रमश काटिदैंछ, यो समस्याको समाधान गर्न सक्ने समिति अबको आवश्‍यकता हो।'

राशन कटौती लगायत यहाँ रहेका दर्ता विहिन शरणार्थीलाई प्रमाणिकरण गरि दर्ता प्रक्रियामा लानु प्रमुख चुनौती रहेको क्याम्प सचिव सञ्चहाङ्ग सुब्बाको भनाइ छ। 'मुख्य कुरा त अब आउने समितिले दर्ता विहिर र भूटानी शरणार्थीलाई परमाणिकरण गरेर परिचयपत्र वितरण गर्नु हो, त्यस्तै अब हाम्रो रासन दातृ निकायले कटौती गर्दै छ, हामीलाई आत्मनिर्भर बनाउन अबको समितिले काम गर्नु पर्छ।'

गत माघ २० गते हुनुपर्ने चुनाव रासन काटौती भएपछि क्याम्प व्यवस्थापन समितिको विरोधका कारण एक महिना लम्बिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.