|

काठमाडौं : बूढी गण्डकी जलाशययुक्त आयोजना क्षेत्र अन्तरगत गोरखा र धादिङका प्रभावितहरु आन्दोलित भएका छन्।  गोरखाको गण्डकी गाउँपालिका स्थित घ्याल्चोकमा रहेको आयोजनाको कार्यालय अगाडि आज बुधबार डुबान हुने क्षेत्रका स्थानीयहरु मुआब्जाको माग राख्दै धर्ना बसेका हुन्।

स्थानीयहरुले आयोजनाको निर्माण काम चाँडै सुरु गर्नुपर्ने, घर, गोठ, बोट विरुवाको मुआब्जा छिटो दिनुपर्ने माग राख्दै धर्ना दिएका हुन्। बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको नेतृत्वमा स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्।  

 जग्गाका मुआब्जा लिइ सकेकाहरू पनि घरगोठ र बोटबिरुवाको मुआब्जा माग्दै धर्नामा छन्। आयोजनाले घर जग्गासँगै  घरगोठ र बोट विरुवाको पनि मुआब्जा दिने बताएको थियो। आजबाट सुरु धर्नासहितको रिले अनसन मंसिर २४ सम्म चल्ने सरोकार समितिले जनाएको छ।   

आज बुधबार २५ जना प्रभावितहरुले आयोजनाको कार्यालय अगाडि कालो ब्यानर लिएर धर्ना बसेका हुन्।    बूढी गण्डकी जलविद्युत निर्माणको लागि गोरखा र धादिङको गरी साविकको २७ गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छन्। आयोजनाले गोरखा र धादिङका प्रभावितहरुलाई जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुर्याएको पनि बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.