|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ३८ पुगेको छ।

त्यस्तै, देशका विभिन्‍न प्रयोगशालाहरूमा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४६ छ।

त्यस्तै, त्यति नै समयाव्धिमा थप १५ सय ६८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

आज बुधबार देशभरका विभिन्न प्रयोगशालामा थप ८ हजार ३ सय जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० पुगेको पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.