|

सल्यान : सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन।

नेपालगन्जबाट रुकुम चौरजहरी जाँदै गरेको ना ४ ख ६६१५ नम्बर बस जिल्लाको कुमाख गाउँपालिका-२ खारखोलाम दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

२६ जना सवार रहेको बस दिउँसो करिब सवा ४ बने मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। घाइतेहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय रागेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटाइएको उनले बताएका छन्‌।

​बस सडकबाट ३०  मिटर तल खसेको छ। थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.