|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताएकी छन्। 

साझा प्रकाशनको ५७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन्। 

आफू मन्त्री भएदेखि नै १५-१६ करोड रुपैयाँ निकासा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अव थप पैसा दिन नसक्ने उनले स्पष्ट पारेकी हुन्। ।

अर्यालले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्‍न समेत आग्रह गरेकी छन्। त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत उनले निर्देशन दिएकी छन्। 

भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उनले निर्देशन दिइन्। पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्री अर्यालले बताइन्। 

अर्यालले विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न निर्देशन दिएकी छन्। साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताइन्। कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दासम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.